आफु रोएर संसार हसाउने महको म

महको म
महको म

“मदनकृष्ण र हरिवंश दुवैका आत्मकथा पढेपछि मात्र थाहा हुने रहेछ, उनीहरु त आफु रोएर संसारलाई हँसाइरहेका रहेछन्। आज हाम्रो समाज, नेता आफु हाँस्नका लागि अरुलाई रुवाउँछन्। तर, यिनीहरु आफु रोएर अरुलाई हँसाउँछन्। शायद यसैले पनि होला यी कलाकार जोडीप्रति नेपाली समाजको अन्य कलाकारको दाँजोमा बढी श्रद्धा, माया र आस्था जागेको।”

हिले देश–विदेशमा एउटै पुस्तकको चर्चा छ– महको म। नेपालका लोकप्रिय हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको छेटकरीमा राखिएको चर्चित नाम महबाट मदनकृष्णको अटोबायोग्राफी भएकोले महको ह झिकेर महको म अर्थात् मदनकृष्ण श्रेष्ठको पुस्तक भनेर शीर्षकबाटै स्पष्ट बुझ्न सकिन्छ।

यो पुस्तक प्रकाशित हुनुभन्दा अघि नै चिनो हराएको मान्छे शीर्षक राखेर कलाकार हरिवंश आचार्यले आप्mनो अटोबायोग्राफी पहिले नै प्रकाशित गरिसक्नुभएकाले मदनकष्ण श्रेष्ठको हालै प्रकाशित बहुचर्चित पुस्तक ‘महको म’ शीर्षक पुस्तकका लागि अत्यन्तै सुहाउँदो नाम जुरेको छ।

पुस्तक विमोचन कार्यक्रममा मदनकृष्ण, उहाँका सुपुत्र यमन र सुपुत्री सरानाले समेत यो पुस्तकको नाम जुराउन धेरै माथापच्ची गर्नुपरेको कुरा रमाइलो गरी सुनाउनुभएको थियो। कार्यकममा पुस्तकको समीक्षा गर्ने क्रममा डा. रवीन्द्र समीरले पुस्तकको सम्भावित नामहरुको संकलनले मात्र पनि एउटा अर्को सिंगै पुस्तक तयार पार्न सकिन्छ भनी हँसाउनुभएको थियो।

सम्भवतः नामकै लागि यति धेरै मेहनत गरिएकाले पनि पुस्तकको नाम राम्रो जुरेको हुनसक्छ। पुस्तकमा मदनकृष्ण स्वयंले पनि आप्mनो भनाइमा ‘महको ह’ बारे यहाँहरुले चिना हराएको मान्छेमा पढिसक्नु नै भयो होला, बाँकी थियो त यही महको ‘म’ बारे भनी पुस्तकको शीर्षकबारे बुझिने भाषामा लेख्नुभएको छ।
त्यसो त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लोकप्रियता हेर्दा उनीहरुका बारेमा फेरि किताब लेखेर केही भनिरहनुपर्ला र ? भन्ने जस्तो लाग्छ। हेर्दै खुल्ला किताब, सार्वजनिक सम्पत्तिजस्तो।

तर, यी मदनकृष्ण र हरिवंश दुवैका आत्मकथा पढेपछि मात्र थाहा हुने रहेछ, उनीहरु त आफु रोएर संसारलाई हँसाइरहेका रहेछन्। आज हाम्रो समाज, नेता आफु हाँस्नका लागि अरुलाई रुवाउँछन्। तर, यिनीहरु आफु रोएर अरुलाई हँसाउँछन्। शायद यसैले पनि होला यी कलाकार जोडीप्रति नेपाली समाजको अन्य कलाकारको दाँजोमा बढी श्रद्धा, माया र आस्था जागेको।

यहाँ ‘महको म’ पुस्तकबारे मात्र समीक्षा गर्न खोजिएकाले पहिले पुस्तककै बारेमा चर्चा गर्नु उपयुक्त होला। झट्ट हेर्दा क्यान्सरजस्तो घातक रोगले थला परेकी श्रीमती यशोदा र आपैंm पार्किन्सन रोगले ग्रस्त लेखकको झन्डै ३ सय पृष्ठको यो मोटो पुस्तक कसरी पढ्न सकिएला जस्तो लाग्छ। यो समीक्षकलाई पनि पुस्तक पढ्नुअघि यस्तै लागेको थियो। शायद कुनै बेला पुस्तकका लेखक मदनकृष्ण श्रेष्ठसँग समीक्षकको धेरै नजिकको संगत र सम्बन्धका कारणले पनि यस्तो लागेको हुनसक्छ। सबै कुरा त थाहा नै छ, फेरि किन समय खर्चेर पुस्तक पढिरहने ?

तर, सबै पुस्तक पढिसकेपछि यति नजिकको सम्बन्ध भएर पनि यस समीक्षकलाई मदनकृष्ण श्रेष्ठका बारे पाँच प्रतिशत कुरा पनि थाहा नभएको अनुभूति भयोे। विभिन्न ७७ शीर्षकमा लेखिएको यो सिंगो पुस्तक शुरुमा एउटै बसाइमा सकिएला जस्तो लागेको थिएन। श्रीमतीले ‘आँखा दुख्ला, कति किताब पढिरहेको ?’ भनी कराउन आउँदा ७० वटा शीर्षकका पानाहरु पल्टाइसकेको रहेछु। यसो घडी हेरेको पुस्तक पढ्न थालेको ५ घन्टा बितिसकेको रहेछ। पुस्तक पढ्दा समय गएको पत्तै नपाइने।

आप्mनोे जन्म, जन्मेको स्थान, बाल्यकाल, कलाक्षेत्रमा प्रवेश, जागिरे जीवन, हरिवंश आचार्यसँगको सहयात्रा, पारिवारिक, मित्रहरुको प्रसंग, सामाजिक कार्य, वैवाहिक प्रसंग, विदेश भ्रमण, फिल्मी यात्रा, सांगीतिक प्रसंग, जीवनमा भोगेका उत्तारचढाव, सुख–दुःख, प्रशंसा, आलोचना, विवाद, प्रजातन्त्रको पुनस्र्थापनाका लागि गरेका योगदानदेखि क्यान्सर रोगले पीडित श्रीमती र रिमोट कन्ट्रोलले चलिरहेका आफनै जीवनका पीडाबारे अत्यन्त सरल तर मार्मिक किसिमले लेखिएको मदनकृष्णको यो आत्मकथाको मै हुँ भन्ने समीक्षकले पनि यति छोटो स्थानमा समीक्षा गर्न सकिँदैन। सम्भवतः धेरै लामो समयपछि नेपालको बजारमा यति उत्कृष्ट आत्मकथा प्रकाशित भएकोले समीक्षकको समीक्षाभन्दा पाठक आपैंmले यो पुस्तक पढेर भरपूर ज्ञान र मजा लिन यस समीक्षकको सुझाव छ।

भनिन्छ, पार्किन्सन भन्ने यस्तो रोग हो, जुन रोगको सबैभन्दा खराब पक्ष भनेकै स्मरण शक्ति हराउनु हो। यो समीक्षकको पनि कलाक्षेत्रको पत्रिका कामनाको सम्पादक भएकाले यही पार्किन्सन रोगबाट निधन भइसकेकी लोकप्रिय गायिका तारादेवीसँग पनि राम्रो सम्बन्ध थियो। तर, स्वर्गीय तारादेवीसँग टेलिफोनमा राम्ररी कुरा गरेर केही घन्टाभित्रै उहाँसँग भेट्न जाँदा पनि तपाईं यहाँ के कारणले आउनुभएको भनी सोधिरहनुहुन्थ्यो।

बक्सिङका महान् खेलाडी मोहम्मद अलीका आत्मकथा, उनीसँग सम्बन्धित समाचारहरुमा पनि उनको बिग्रँदै गइरहेको स्मरण शक्तिका बारे प्रशस्त चर्चा गरिएको हुन्थ्यो। तर मदनकृष्ण श्रेष्ठले आप्mनो आत्मकथामा आप्mना स्कुले जीवनका सहपाठीदेखि श्रीमती र आफु बिरामी पर्दा देश–विदेशबाट सम्झेका एक–एक शुभ–चिन्तकहरुको नाम सम्झेर आप्mनो पुस्तकमा धन्यवाद दिन बिर्सनुभएको छैन।

पुस्तक पढ्दा आप्mनो अध्ययनका क्रममा, कला यात्रामा, जागिरे जीवनमा, सुख–दुःखमा साथ दिने कुनै पनि शुभचिन्तकहरुको नाम उहाँले छुटाउनुभए जस्तो लाग्दैन। भोटेबहालका घरबेटीदेखि आफनो अजीवका प्mयानहरुको नामसमेत कण्ठ गरेर पुस्तकमा उत्तारेको देख्दा मदनकृष्ण श्रेष्ठलाई कसैले पनि पार्किन्सनका रोगी भन्दैनन्। मदनकृष्ण श्रेष्ठको यो आत्मकथा पढेपछि मान्छे जति शिखरमा पुग्छ, उति सरल हुनुपर्छ भन्ने ज्ञानपछि पाठकले पाउने यो सबैभन्दा ठूलो आत्मबल हो। यस्तो आत्मबल बलियो भएको श्रीमान् पाएकै कारण ८७ पटक किमोथेरापी लिएर पनि आज यशोदा भाउजूलाई सबैसँग हाँसीखुशी जीवन बाँचिरहन सम्भव बनाएको।

प्रायः आत्मकथाहरुमा लेखकहरुले आप्mनो कमजोरी लुकाएर आफनै आत्मप्रशंसा गरिरहेको हुन्छ। तर, मदनकृष्ण श्रेष्ठको यो आत्मकथा पढेपछि पाठकलाई त्यस्तो कतैबाट पनि अनुभूति हुन दिँदैन। पुस्तकको यो अर्को विशेषता हो। पुस्तकमा उहाँले आप्mना कमी–कमजोरीहरु पनि प्रशस्तै देखाउनुभएको छ। अंग्रेजी भाषामा कमजोर हुनुदेखि लिएर सञ्चयकोषमा जागिर खाँदा गरेको किर्ते काम अनि कमजोर आर्थिक अवस्थाका कारण पाएका दुःख–सास्तीबारे पनि पुस्तकमा मनग्गे चर्चा गरिएको छ। सहयात्री हरिवंश आचार्यसँग ३८ वर्षको सुखद अविरल यात्रा मात्र होइन, उहाँसँगका कहिलेकाहीँ हुने असमझदारीका कुराहरु पनि पुस्तकमा पढ्न पाइन्छ।

हामीले हेर्दा देशमा मात्र नभई विदेशमा समेत यत्रो लोकप्रियता हासिल गरेका यी कलाकारहरुलाई के दुःख होलाजस्तो लाग्छ। यिनीहरुको लोकप्रियता देख्दा कतिलाई त ईष्र्या पनि लाग्छ होला। देशकै पहिलो सुपरस्टार बन्ने शौभाग्य प्राप्त यी कलाकारले कति आर्थिक उन्नति गरिसकेका होलान् भनी हिसाबकिताब गरेर बस्ने कति मान्छेलाई त यो समीक्षकले पनि भेटिसकेको छ। तर, आपूm रोएर पनि यी कलाकारले हामीलाई हँसाउन जीवनमा के–कस्ता दुःख पीडा भोगिरहेका रहेछन् भन्ने कुरा पुस्तकै नपढीकन थाहा हुँदैन।

समीक्षा गर्न केही कमी–कमीजोरी लेख्नै पर्ने भए अर्कै कुरा हो, तर सबैले पढ्न चाहने मान्छे र समाजसेवीसमेतको छवि बनाइसकेको व्यक्तित्व मदनकृष्ण श्रेष्ठको सच्याउनुपर्ने यो आत्मकथामा छापिएका केही शुद्धाशुद्धिबाहेक अरु आलोचना गरिरहनुपर्ने केही देख्दिनँ। पुस्तकको आवरणदेखि पुस्तकको आकारप्रकार, भाषा, प्रस्तुति सबै पाठकप्रिय छन्।

————————————————————————————-

शुक्रबारको खाजा
भूमिका थारु
हरिमाया काममा यति व्यस्त हुन्छिन् कि उनलाई आज कुन महिनाको कुन बार हो भन्नेसमेत थाहा हुँदैन। सखारै उठेर उनी मेलापात धाउँछिन्। खेती गरेरै उनले आफ्नो परिवारको जीविकोपार्जन गरेकी छिन्।
आज हरिमाया बेलुकीपख चाँडै खेतको कामबाट घर पर्किन्। घरमा आउनेबित्तिकै उनी भुतभुताउन थालिन्– ‘हैन यो केटी के गर्छे ? भाइ स्कुलबाट आउने बेला भइसक्यो, विचरा भोकाएर आऊला। अझै यसले खाजा बनाएकी छैन। पछि गएर कसरी घरबार चलाउँछेस् हँ ?’
उनी बुदबुदाउँदै घरभित्र पसिन्। घरको एक कुनाको कोठाबाट आवाज आयो– ‘आमा आज शुक्रबार, हाफ छुट्टी। त्यसैले छिटो आको। अनि सुन्नु न, आजको खाजा कस्तो मीठो थियो। अरु दिन पनि त्यस्तै बनाइदिनुस् न ल।’
हरिमाया छक्क परिन्, ‘हँ
शुक्रबार, खाजा पनि बनाएर दिइसकिछ मोरीले

फेसबुक कमेंट्स
follow and like us: