मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ?

ठुलो समाचार
ठुलो समाचार

मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ? यस बारे धेरैलाई जिज्ञाशा छ भने तल हामीले त्यसबारे चर्चा गरेका छौं ।

यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइकोमृत्युसँग जोडिएको छ ।
यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदी त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ ।

त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहनुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिसिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ ।
आउनुहोस् साझा सबाल टिप्स अन्तर्गत आज तपाइँलाई हामी त्यस्तो सेटिङ्ग मिलाउने तरिकाबारे जानकारी दिनेछौं ।

मरेपछी पनि तपाइँको फेसबुक चलिरहन्छ

यदी तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहनुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ ।
त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ ।

Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ । अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।

मरेपछि तपाइको फेसबुक आफसेआफ डिलीट गर्न पनि सकिन्छ

यदि तपाइँ मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहनु हुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाइले Manage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ ।

त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Death अप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाइँ मरेपछि फेसबुकले तपाइको फेसबुकनै डिलिट गरिदिन्छ ।

फेसबुक कमेंट्स
follow and like us: