भोली ४४ सय ८२ उम्मेदवारवीच प्रतिस्पर्धा हुँदै

ठुलो समाचार
ठुलो समाचार

काठमाडौं,२० मंसिर |दोस्रो चरण अन्तर्गत भोलि हुने चुनावमा जम्मा चार हजार ४८२ जना उम्मेदवारहरुवीच प्रतिस्पर्धा हुने छ ।

प्रतिनिधिसभाका १२८ सिटका लागि एक हजार ६६६ र प्रदेशसभाका २५६ सिटका लागि विभिन्न दल र स्वतन्त्र गरी दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि पाँच हजार ८ सय ३८ जना रहेका छन् ।दोस्रो चरण अन्तर्गत बिहीबार हुने ४५ जिल्लामा जम्मा मतदाता एक करोड २२ लाख ३९ हजार ९९३ जना रहेका छन् ।

फेसबुक कमेंट्स
follow and like us: