परिचय खुल्ने सरकारी प्रमाणपत्रका अाधारमा भोट हाल्न पाइने

ठुलो समाचार
ठुलो समाचार

काठमाडौं,२० मंसिर । निर्वाचन आयोगले मतदान गर्ने अधिबारबाट बञ्चित नहुन भनी परिचय खुल्ने सरकारी प्रमाणपत्रहरुबाट पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।

कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा नागरिकताको प्रमाणपत्र वा ०७० को मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्ने व्यवस्था गरिएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।

यस्तै राहदानी वा सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य कुनै परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको प्रमुख आयुक्त यादवले बताए ।

फेसबुक कमेंट्स
follow and like us: