पहिलो खेलमै नेपाल यूएईसँग ७ विकेटले पराजित

ठुलो समाचार
ठुलो समाचार

काठमाडौँ ,२० मंसिर | विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको पहिलो खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको छ।

योसँगै २०१४ मा मलेसियामा सम्पन्न एसीसी प्रिमियर लिगमा नेपालबाट पाएको हारको बदला यूएईले लिएको छ। त्यसयता नेपाल र यूएई बुधबार पहिलो चोटी आमनेसामने भएका हुन्।२ सय २२ रनको लक्ष्य पछ्याएको यूएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। यूएईको जितमा नटआउट घुलम सब्बरले सर्बाधिक ८१ रनको पारी खेले।

त्यस्तै, यूएईका ओपनर रोहन मुस्ताफले ६२, रमिज सहजादले ३७ रन जोडे। नेपालको सन्दीप लामिछाने र शरद भेषावकरले समान १–१ विकेट लिए।
त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले अर्धशतकिय पारी खेलेपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ६ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।ओपनर दीलिप नाथ १४.५ ओभरमा सेहजाद राजाको बलमा १६ रनमा बोल्ड हुनुअघि नेपालको ओपनिङ साझेदारी ४३ रनको भएको थियो।

दोस्रो विकेटका लागि क्रिजमा आएका शरद भेषावकरसँग ज्ञानेन्द्रले ४१ रनको साझेदारी गर्दा अर्धशतक प्रहार गरेका थिए। ज्ञानेन्द्रले ८३ बलमा ६ चौकाको मदतले ५४ रन जोडे।कप्तान पारस खड्काले शरदसँग ३८ रनको साझेदारी गरे। सो क्रममा २० रन बनाएका पारस जोहर खानको बलमा अहमद सेहजादको हातबाट क्याच आउट भए।

चौथो विकेटका रुपमा क्रिजमा आएका आरिफ सेख ७ बल खेल्दा रन आउट हुन पुगे भने विनोद भण्डारी ४ रनमा कटआउट बोल्ड भए।छैटौँ विकेटका लागि सोमपालले शरदसँग ४७ रनको साझेदारी गरे। सोमपालले २० रनमा मोहम्मद नविदको बलमा क्याच आउट हुनुअघि शरदले आफ्नो अर्धशतक प्रहार गरेका थिए।सातौं विकेटका लागि बसन्त रेग्मीसँग ३४ रनको साझेदारी गरेका शरद ८१ रनमा नटआउट रहे भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे।

फेसबुक कमेंट्स
follow and like us: