नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलरामचन्द्र पौडयाल

ठुलो समाचार
ठुलो समाचार

सप्तरी। बिहीवार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई प्रभाव पार्ने योजना बनाएको आरोपमा प्रहरीले तीन जना भारतीयसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुको नाम खुलाइएको छैन ।निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन बिरोधी गतिविधी गर्ने उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । पक्राउ परेका मध्ये ६ जना विप्लव समूहका कार्यकर्ता छन् ।

पक्राउ परेका उनीहरुको साथबाट एक थान हतियार र एक थान बम समेत बरामद गरिएको छ ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

फेसबुक कमेंट्स
follow and like us: