अर्बपति व्यापारी शेरम्यान र उनकी श्रीमती मृत भेटिए : थप विवरण

ठुलो समाचार
ठुलो समाचार

काठमाडौँ,३ पौष |१६ डिसेम्बर क्यानडामा अर्बपति र उनकी श्रीमती मृत भेटिए | व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए। प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन। तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए।

एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “हामी सबै स्तब्ध र दुखी भएका छौं।” व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए।

प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ।
एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। उनीहरुका चार छोराछोरी छन्।

एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो। फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ।(बिबिसी)

फेसबुक कमेंट्स
follow and like us: