नेपालको वन लगानी योजनालाई विश्व वैंकले साढे दुई अर्ब सहयोग गर्ने

ठुलो समाचार
ठुलो समाचार

अमेरिका,३ पौष | वन विकासका लागि विश्व बैंकको साढे दुई अर्ब सहयोग गर्ने भएको छ |अमेरिका । वन तथा भू–संरक्षण मन्त्रालय, रेड कार्यान्वयन केन्द्रको समन्वयमा तयार गरिएको नेपालको वन लगानी योजनालाई विश्व वैंक अन्तर्गतको जलवायु लगानी कोषले स्वीकृत गरेको छ | विश्व बैंकको प्रधान कार्यालय वासिंगटन डीसीमा २०७४ मंसीर २६–२७ मा बसेको जलावायु परिवर्तन कोषको बैठकले नेपालको वन लगानी योजना स्वीकृत गरेको हो ।

बैठकमा वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा.युवकध्वज जिसीको नेतृत्वमा अर्थ मन्त्रालयका सह–सचिव बैकुण्ठ अर्याल, वन तथा भू–संरक्षण मन्त्रालयका सह–सचिवद्वय धनन्जय पौडेल तथा डा. सिन्धुप्रसाद ढुंगाना रहेको प्रतिमण्डलले नेपालको वन लगानी योजना प्रस्तुत गरेको थियो ।वन विनास र वनको क्षयीकरण रोकी वनको दिगो व्यवस्थापनबाट कार्बन उत्सर्जन न्युनीकरण गर्ने रेडप्लस कार्यक्रममा सहभागी भएका अल्पविकसित तथा विकासशील देशहरुले जलवायु लगानी कोष अन्तर्गतको वन लगानी कार्यक्रममा समेत सहभागी हुन पाउने व्यवस्था छ । (रासस)

फेसबुक कमेंट्स
follow and like us: