अध्यादेश प्रमुख दलहरुको सहमतिमा राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण

ठुलो समाचार
ठुलो समाचार

काठमाडौं, १४ पौष राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि अवरुद्ध राजनीतिक गाँठो फुकेको छ । दुई महिना बढी राष्ट्रपति कार्यालयमा थन्किएको अध्यादेश प्रमुख दलहरुको सहमतिमा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको परामर्शपछि राष्ट्रपति भण्डारीले अध्यादेश अनुमोदन गरेपछि राजनीतिक ‘गाँठो’ फुकेको हो ।

यो विधेयक पारितका लागि माओवादी अध्यक्ष प्रचण्डले एमाले–कांग्रेस दुवैले आफ्नो अडानबाट पछि हट्नुपर्ने भन्दै बिहीबार मात्रै मध्यमार्गी बाटो खोज्नुपर्ने बताएका थिए । उनले एकल संक्रमणीयबाट गएर केही सीट कांग्रेसलाई दिने कुरामा मन सानो बनाउन नहुने बताएका थिए ।

फेसबुक कमेंट्स
follow and like us: